मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

saralpatrika.com · Fri Nov 13 05:44:09 UTC 2026

बागलुङ। बागलुङ नगरपालिकाले सडकमा छाडा रहेका कुकुरको व्यवस्थापनका लागि ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। होस्टलमा सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको छ। यो कुकुर होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा रहेको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले यसरी छाडा कुकुरको व्यवस्थापन सुरु गरेको पाँच महिना भयो। कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो। नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत आउन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)