मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायु सक्रिय हुँदा आइतबार वर्षा र हिमपात हुन सक्ने, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

baahrakhari.com · Fri Nov 13 06:53:47 UTC 2026

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघ गर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार, शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर, आईतबार पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)