भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
ratopati.com · Fri Nov 13 07:16:35 UTC 2026

काठमाडौँ । बिहीबार मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
कांग्रेसले दुर्घटनामा परि जीवन गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)