राष्ट्रपतिबाट सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त
annapurnapost.com · Fri Nov 13 07:13:13 UTC 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)