मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार अन्य दलभित्र हस्तक्षेप गरेर पुरानै राजनीतिक सिन्डिकेट बनाउन थाल्योः महामन्त्री पौडेल

emountaintv.com · Fri Nov 13 07:13:49 UTC 2026

काठमाडौँ ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले काँग्रेसभित्रै नेतृत्व चयन र गुटगत राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताउनुभएको हो । उहाँले सरकारले लोकतान्त्रिक शासनका सामान्य मर्यादा र विधिको शासनसमेत पालना नगरेको आरोप लगाउनु भयो । निर्वाचनपछि बलियो जनमतसहित बनेको सरकारले नागरिकको विश्वासको सम्मान गर्नुको सट्टा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्न खोजेको उहाँको भनाइ छ । पौडेलले कुनैपनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विधि, कानून र नियमको शासन स्थापित गर्नकै लागि गणतन्त्र ल्याइएको बताउनु भयो । सरकार आफूलाई कानूनभन्दा माथि ठान्ने प्रवृत्तिमा देखिनु स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)