सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त
nepaltvonline.com · Fri Nov 13 07:36:59 UTC 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा उहाँहरूलाई आज नियुक्त गरिएको हो । नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)