मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु नेतृत्वलाई पहिचान गर्न नेट–जिरो मान्यता

bishowkhabar.com · Fri Nov 13 07:19:23 UTC 2026

काठमाडौं – अन्ताल्या, (टर्किए) २६ कात्तिकः ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको हो । गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ ।

उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई नेट–जिरो प्रतिबद्धताका आधारमा तय गरिएका मापदण्ड र लक्ष्य प्राप्तिका लागि भएका प्रगति सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ । सन् २०१४ देखि गैरराज्य पक्षको जलवायु कार्यका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले सञ्चालन गर्दै आएको विश्वव्यापी मञ्च ‘नाज्का’ (नन–स्टेट एक्टर जोन फर क्लाइमेट एक्सन) पोर्टलमार्फत स्वेच्छाले आबद्ध हुने संस्थाका विवरण सार्वजनिक गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)