सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त
bishowkhabar.com · Fri Nov 13 07:35:57 UTC 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेको छ । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए । त्यस्तै, सारु उच्च अदालत पाटनका न्यायाधीश थिए भने पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत थिए । यसैगरी, डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)