भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग
annapurnapost.com · Fri Nov 13 07:38:26 UTC 2026

काठमाडौं : नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकका परिवारलाई तत्काल राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
साथै,बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न र सडक सुरक्षा सुधारका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)