मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइतबारदेखि वर्षा र हिमपातको आँकलन, तत्काल धान भित्र्याउन मौसमविद्को आग्रह [भिडियो]

hamrakura.com · Fri Nov 13 00:00:00 UTC 2026

काठमाडौँ। देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले किसानहरूलाई सुझाव दिएका छन्।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। तर, आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा बदलाव आउने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)