राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २०० अर्ब निक्षेप तान्दै, आजै बोलकबोल हुने
nepalpress.com · Fri Nov 13 08:11:21 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट शुक्रबार २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २० दिने अवधिका लागि बैंकिङ प्रणालीबाट निक्षेप संकलन गर्ने भएको हो ।
राष्ट्र बैंकले आजै दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)