मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

emountaintv.com · Fri Nov 13 08:05:47 UTC 2026

काठमाडौँ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतदेखि स्थानीय तहसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्रणालीसँग आफ्नो सेवा अन्तरआवद्धता गर्न अनुरोध गरेका छन् ।विभागको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक प्रगति विवरणअनुसार राहदानी विभाग, घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एप, चालक अनुमतिपत्रसम्बन्धी इडीएल प्रणाली (वागमती प्रदेश), कर्जा सूचना केन्द्र, निवृत्तभरण व्यवस्थापन कार्यालय, वैदेशिक रोजगारसम्बन्धी सेवा, निर्वाचन आयोग, आन्तरिक राजस्व विभागको प्यानसेवा, राष्ट्रिय कितावखाना (निजामती), गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली, स्वास्थ्य बीमा बोर्ड र अध्यागमन विभागलगायतका प्रणालीसँग अन्तरआवद्धता कायम भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)