राष्ट्र बैंकमा खुल्यो जागिर, सहायक निर्देशकदेखि सहायकसम्म दरखास्त खुला
reportersnepal.com · Fri Nov 13 08:28:42 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी पदपूर्ति गर्न आवेदन माग गरेको हो।
बैंकले प्रशासन सेवातर्फ अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक र सहायक द्वितीय श्रेणीको सहायक पदमा भर्ना गर्न लागेको छ। सहायक निर्देशकअन्तर्गत लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन र सूचना प्रविधि समूहका पदमा समेत आवेदन माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)