मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई कांग्रेस महामन्त्रीको प्रश्न : संविधान संशोधन गर्न चाहेको हो कि हल्ला मात्रै गर्न खोजेको ?

annapurnapost.com · Fri Nov 13 08:57:53 UTC 2026

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताएका छन्। शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको समयभित्र चुनाव गर्ने वा नगरिने भन्ने विषयमा संशय रहेको र समयमा निर्वाचन नभएमा स्थानीय तह नै चुनावविहीन बन्ने अवस्था आउन सक्ने बताएका हुन्।

उनले तोकिएको समयमा निर्वाचन गर्न सरकारले आवश्यक गृहकार्य नगरेको धारणा राखे। पौडेलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा गराउने सोच भए वा स्थानीय तहको संख्या हेरफेर गर्नुपर्ने संविधान संशोधन गर्नुपर्ने भएपनि यसमा पनि सरकारले कुनै तयारी नगरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)