मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमै परीक्षण प्रयोगशाला बनाउने प्रस्तावमा भारत सकारात्मक

ratopati.com · Fri Nov 13 09:07:22 UTC 2026

काठमाडौँ । नेपाली जुटजन्य उत्पादनमाथि भारतले लगाउँदै आएको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न नेपालले पहल गरेको छ । भारतको विशाखापट्टनममा भएको नेपाल र भारतका उद्योगमन्त्रीबिचको भेटवार्तामा नेपाली जुटको निर्यातमा देखिएको अवरोध हटाउनेदेखि नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्नेसम्मका विषयमा छलफल भएको छ ।

३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुन भारत पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच बिहीबार द्विपक्षीय भेटवार्ता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)