छठ पर्वको अवसरमा सरकारले दियो दुई दिन सार्वजनिक बिदा
ajakoartha.com · Fri Nov 13 09:02:00 UTC 2026

काठमाडौं- सरकारले छठ पर्वको अवसरमा दिइएको सार्वजनिक बिदा एक दिन थप गरेको छ। गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वको सार्वजनिक बिदा रहेकामा त्यसको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)