नेपाली जुटमा भारतले लगाएको एन्टिडम्पिङ शुल्कबारे छलफल
nagariknews.nagariknetwork.com · Fri Nov 13 09:12:45 UTC 2026

नेपाली जुटजन्य उत्पादनमा भारतले लगाएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन गर्न नेपालले आग्रह गरेको छ। नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भएको द्विपक्षीय भेटवार्तामा उक्त विषय उठाइएको हो।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आयोजित ३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा दुई मन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा नेपाल–भारत व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)