सर्वोच्चका चार न्यायाधीशले लिए शपथ
himalpress.com · Fri Nov 13 10:03:01 UTC 2026

काठमाडौँ- सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए। उनीहरूलाई संसदीय सुनुवाइवाट अनुमोदन भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)