चार नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
kendrabindu.com · Fri Nov 13 10:22:43 UTC 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई शुक्रबार राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार न्याय परिषद्को सिफारिसमा नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)