मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता भोलिदेखि

ratopati.com · Fri Nov 13 10:23:11 UTC 2026

धनगढी। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन प्रदेशले ३० वटा खेलका खेलाडी छनोट गर्न लागेको हो ।

प्रदेश खेलकुद परिषद्ले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ । प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)