श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
arthasansar.com · Fri Nov 13 10:17:33 UTC 2026
श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्।
दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्। दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)