जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्याउने थलो बन्यो नेपाल पेभेलियन
ratopati.com · Fri Nov 13 10:29:57 UTC 2026

काठमाडाैँ । यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा नेपाल सरकारले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यासलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न प्रभावकारी देखिएको छ।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले आफ्नै पेभेलियनमार्फत जलवायु परिवर्तनका चुनौती, त्यसबाट प्रभावित समुदायका आवाज तथा नेपालले अवलम्बन गरेका अनुकूलनका उपायबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)