मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका चार न्यायाधीशले लिए शपथ

khabarhub.com · Fri Nov 13 10:27:04 UTC 2026

काठमाडौँ– सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नियुक्त चार जना न्यायाधीशले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासमक्ष सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीले शुक्रबार शपथ लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)