मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटन मन्त्री पौडेल र भारतीय राजदूत दलैलाबीच भेटवार्ता

aarthiknews.com

काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन तथा आपसी सहकार्यका क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)