मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठको बिदाले रोकिने भयो निवर्तमान आईजीपी कार्कीको रिटमाथिको सुनुवाइ

ratopati.com · Fri Nov 13 11:15:57 UTC 2026

काठमाडौँ । सरकारले छठ पर्वको समापनका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित हुने भएको छ ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेपछि त्यसविरुद्ध पुनर्बहालीको माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)