आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
kendrabindu.com · Fri Nov 13 11:39:24 UTC 2026

काठमाडौं । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्। सम्भावित वर्षा र असिनाबाट क्षति हुन सक्ने भएकाले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको पराल सुरक्षित राख्न किसानलाई सुझाव दिइएको छ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढेसँगै मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)