रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु
ratopati.com · Fri Nov 13 11:49:04 UTC 2026

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)