गृहमन्त्री गुरुङ आज यूएई आउँदै
nepalpress.com · Fri Nov 13 11:55:32 UTC 2026

युएई । गृहमन्त्री सुदन गुरुङ तीनदिने औपचारिक भ्रमणका लागि आज संयुक्त अरब इमिरेट्स (यूएई) आउँदै छन् । यूएई सरकारले दुबईमा आयोजना गरेको ‘वर्ल्ड पुलिस समिट’ मा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई आउन लागेको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
‘वर्ल्ड पुलिस समिट’ मा नेपालबाट मन्त्रीस्तरीय सहभागिता हुन लागेको यो पहिलो पटक हो । समिटमा सहभागी हुन यूएई सरकारको औपचारिक निमन्त्रणामा मन्त्री स्वयं उपस्थित हुन लागेको दुबईस्थित नेपाली महावाणिज्य दूतावास स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)