देउवा कांग्रेसको गण्डकी अधिवेशन : चिप्लेढुंगाबाट र्याली, सहभागीलाई खाना–खाजा
ratopati.com · Fri Nov 13 12:01:18 UTC 2026

पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले मंसिर ५ गते गण्डकी प्रदेश अधिवेशन गर्दैछ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी दिइएको हो । अधिवेशनमा १ हजार ६ सय १ प्रतिनिधि सहभागी हुने प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए ।
अधिवेशनका लागि ५ वटा छुट्टाछुट्टै उपसमिति गठन भएको छ । आर्थिक व्यवस्थापनको संयोजकमा विश्व प्रसाईं, भोजन तथा आवासमा तरुण सुवेदी र मञ्च, सांस्कृतिक तथा स्वागत सत्कारमा कुमार रानालाई जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)