मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको कार्यशैली नसच्चिए भदौ २४ कै अवस्था आउन सक्छ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

kendrabindu.com · Fri Nov 13 12:11:58 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैली नसच्चिए गत भदौ २४ को जस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनीसमेत दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शिवाकोटीले सरकार लोकतान्त्रिक प्रक्रियाबाट बने पनि पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको बताए । सरकार र सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको उनको टिप्पणी थियो । सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत एकरूपता नरहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)