मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

khabarhub.com · Fri Nov 13 12:43:52 UTC 2026

नयाँ दिल्ली- भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छिन् ।

उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)