जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य
arthasansar.com · Fri Nov 13 13:05:50 UTC 2026
चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ८८ रन बनाएको हाे ।
जनकपुरका लागि कप्तान हरमित सिंहले बनाएको २५ रन नै सर्वाधिक रह्यो। विशाल सुस्लिङ १५ रन बनाउँदा क्याच आउट भए । ओपनर सन्तोष कार्की १० र तृतराज दास ५ रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए। रायन बर्ल ६, आदित्य महता ४, अविशेष तिवारी ४ रनमा आउट भए। ह्यारी टेक्टर र जिम्मी निसम बिना रन पेभेलियन फर्के। जनकपुरलाई कम स्कोरमा रोक्न चितवनका रन्जित कुमारले ३ विकेट लिए। घातक बलिङ गरेका उनले ३ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर ३ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)