महिलाको शव फेला
gorkhapatraonline.com · Fri Nov 13 13:19:14 UTC 2026

मोरङको केराबारी गाउँपालिका–२ फाइवामा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ।
बिहीबार साँझ ३१ वर्षीया पार्वती लिम्बूको शव घरदेखि करिब एक किलोमिटर टाढा जङ्गलमा फेला परेपछि प्रहरीले पार्वतीका श्रीमान् ३५ वर्षीय पूर्णबहादुर लिम्बूमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार पूर्णबहादुर घरमै रगत बान्ता गरिरहेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)