मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति कार्यालयले सच्यायो बिनामितिको विज्ञप्ति

baahrakhari.com · Fri Nov 13 13:37:52 UTC 2026

काठमाडौं । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र शपथबारे जारी विज्ञप्तिमा रहेको त्रुटि सच्याएको छ ।

कार्यालयद्वारा जारी अघिल्लो विज्ञप्तिमा मिति नराखी प्रकाशित भएको थियो । कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विक्रम सम्वत र नेपाल सम्वतको मिति उल्लेख नगरी प्रकाशित गरिएको थियो । विज्ञप्तिमा मिति उल्लेख नहुँदा जनमानसमा भ्रमसँगै जिज्ञासा समेत उत्पन्न भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)