‘राजखानी’ को माला लगाएर भिडिओ बनाउने मासु व्यवसायीले माफी मागे
nepalpress.com · Fri Nov 13 13:44:52 UTC 2026

रुपन्देही । खसीबोकाको अङ्ग गलामा भिरेर भाइरल हुन खोज्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको हो ।
तिलोत्तमा नगरपालिका–२ मा सञ्चालित आदीखोले मासु पसलका सञ्चालक ऋषिराम भट्टराईले खसीबोकाको ‘राजखानी’ को माला लगाएर बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)