काेप-३१ मा जलवायु वित्तमा अनुदानमा आधारित सहयोग र सहज पहुँच सुनिश्चित गर्न नेपालकाे आग्रह
nepalpress.com · Fri Nov 13 14:43:18 UTC 2026

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका मुलुकहरूको आवश्यकता सम्बोधन गर्न अनुदानमा आधारित, पूर्वानुमानयोग्य र सहुलियतपूर्ण जलवायु वित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु वित्तमा सहज र प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)