मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सरकारले बर्खास्त गरेपछि फेरि रिट लिएर अदालत पुगे शर्मा

ratopati.com · Fri Nov 13 14:54:22 UTC 2026

पोखरा । प्रदेश खेलकुद परिषद्को सदस्यसचिवबाट पदमुक्त गर्ने गण्डकी सरकारको निर्णयविरुद्ध श्रीधर शर्मा पुनः अदालत पुगेका छन् । शुक्रबार उनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेश र अदालतको मानहानी गरी २ वटा रिट निवेदन दर्ता गरेका हुन् ।

शर्माले खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोप पुष्टि भएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो । त्यसअघि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)