चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे
arthasansar.com · Fri Nov 13 14:55:55 UTC 2026
नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ ।जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।
६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ । चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)