राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता
ratopati.com · Fri Nov 13 16:29:48 UTC 2026
जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि जनकपुरधाममा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी भएका छन् । ‘खेली मधेस, जिती मधेस’ नारासहित सञ्चालन भइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)