मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पहिलोपटक कृत्रिम बुद्धिमत्ताबारे छलफल गर्दै युरोपेली संघका शीर्ष नेता, एआईको विकास र जोखिम मुख्य एजेन्डा

barnanmedia.com · Fri Nov 13 23:30:51 UTC 2026

काठमाडौं । तीव्र गतिमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबारे युरोपेली संघ (ईयू) का शीर्ष नेताहरूले पहिलोपटक सामूहिक रूपमा छलफल गर्ने भएका छन्। शुक्रबार डब्लिनमा हुने उच्चस्तरीय बैठकमा एआईको सम्भावना, चुनौती, सुरक्षा र भविष्यको नीतिबारे महत्वपूर्ण छलफल हुने बताइएको छ।

अमेरिका र चीनसँग एआई प्रविधिको प्रतिस्पर्धामा अघि बढ्ने लक्ष्य राखेको युरोपेली संघका लागि यो बैठक महत्वपूर्ण मानिएको छ। एआईबाट आर्थिक विकास र नवीन प्रविधिको अवसर सिर्जना गर्ने चाहना भए पनि यसले नागरिकको अधिकार, रोजगारी र व्यवसायमा पार्न सक्ने नकारात्मक प्रभावलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती युरोपसामु छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)