रसगुल्ला ठानेर चपाउँदा मुखमै पड्कियो बम, युवकको ज्यान गयो
nepalviews.com · Sat Nov 14 00:50:48 UTC 2026

काठमाडौं । भारतको मध्य प्रदेशमा रसगुल्ला भन्दै मुखमा दिएको विस्फोटक पदार्थ पड्किँदा एक युवकको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार राजेन्द्र बरौतियालाई उनका छिमेकी रामभगत सिंह बरौतियाले रसगुल्ला भन्दै जंगली बँदेल मार्न प्रयोग गरिने घरेलु बम दिएका थिए । मुखमा राखेर चपाउनेबित्तिकै उक्त वस्तु विस्फोट हुँदा राजेन्द्रको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)