उल्लासमय बन्दैछ छठ, आज ‘खरना’
himalpress.com · Sat Nov 14 01:29:18 UTC 2026

काठमाडौँ- छठ पर्व देशभर उल्लासमय छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको गर्दैछन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत संकल्प गरिसकेका छन्।
पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ । यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)