सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?
arthasansar.com · Sat Nov 14 01:55:42 UTC 2026

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि यो साता ३ दिन सुनको मूल्य निर्धारण भयो । यी तीन दिनमा सुनको मूल्यमा ११ हजार ३०० रुपैयाँको गिरावट आयो ।
तिहारको बिदाका कारण धेरै दिन सुनको मूल्य यथावत रहे पनि तिहार सकिएर शुक्रबार खुलेको बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको हो । शुक्रबार मात्र एकैदिन सुनको मूल्य १२ हजार ६०० रुपैयाँ घटेर कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत कात्तिक २० गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा किनबेच भएकोमा एक हप्तापछि कात्तिक २७ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)