हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
arthasansar.com · Sat Nov 14 02:14:44 UTC 2026

संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् ।
यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय निर्धारित योगदान (एनडिसी)अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)