मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व अन्तर्गत आज ‘खरना’

kendrabindu.com · Sat Nov 14 02:53:24 UTC 2026

पर्सा । शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्।

ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत रस्याउ रोटी खान अग्रिम निम्तो दिने गर्छन्। रस्याउ रोटी खाने व्रतालु तथा अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)