मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिएको रूप र मेटिएको डोब

saralpatrika.com · Sat Nov 14 04:12:12 UTC 2026

गाउँको फेरिएको रूप र मेटिँदै गएको चिनारीले विकासको जति नै फराकिलो सडक निर्माण गरे पनि बचेखुचेको मौलिकतालाई भने रसातलमै पुर्‍याउँदो रहेछ। जहाँ पहिचानको खोजी गर्नुपर्छ, जहाँ चिनारीसँग परिचय गाँस्नुपर्छ, जहाँ मनको हार्दिकताको सिलसिला खोज्नुपर्छ। यस्तोमा प्रगतिपथमा लम्किएर मात्रै के हुन सक्छ र?

हो, आज समयको फेरबदलसँगै गाउँको मुहार मात्र फेरिएको छैन, यसको सिङ्गो रङ, चिनारी, चित्र र चरित्रसमेत फेरिएको छ। हिजो उकालो हिँडेर थाकेका पाइलाहरू थचक्कै बिसाउने बरपिपलको चौतारी आज आफैँ बूढो भएर ढलिसकेछ। समयका आँधीबेहरी थेग्न नसकेर चौतारीका ढुङ्गे पर्खालहरू पनि भत्किएर ओरालोतिर झर्दै-झर्दै कतै गुमनाम भइसकेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)