छठको दोस्रो दिन आज खरना, प्रसाद ग्रहणपछि प्रारम्भ हुनेछ ३६ घण्टे निर्जला व्रत
kalakarmi.com · Sat Nov 14 04:52:59 UTC 2026

काठमाडौं- सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।
खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)