मेट्रोल्याब्समा एक महिनासम्म मधुमेहको नि:शुल्क जाँच हुने, पारस खड्काले सुरु गरे मेगा अभियान
swasthyakhabar.com · Sat Nov 14 04:57:28 UTC 2026

काठमाडौं- विश्व मधुमेह दिवसको अवसर पारेर मेट्रोल्याब्स प्रालीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित मेगा सामुदायिक मधुमेह परीक्षण अभियानको शुभारम्भ गरेको छ।
बढ्दो मधुमेहको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानको औपचारिक सुरुवात मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्का र काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले स्वयं आफ्नो रगतको नमुना दिएर गरेका हुन्। उनीहरूको यस सहभागिताले मधुमेहको समयमै पहिचान र नियमित स्वास्थ्य परीक्षणप्रतिको जनचेतनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)