लोकतन्त्र सम्मेलनमा सहभागी हुने ११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेश अनुमति दिएन
kendrabindu.com · Sat Nov 14 05:02:57 UTC 2026

नयाँदिल्ली । भारतले विपक्षी कांग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमतिमा रोक लगाएको छ । अन्तराष्ट्रिय वक्ताहरुलाई भारत प्रवेशमा रोक लगाएको बारे शुक्रबार कांग्रेसका एक वरिष्ठ नेताले जानकारी दिएका हुन् ।
प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् । कांग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)