मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु सङ्कट र एल निनोः सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम

emountaintv.com · Sat Nov 14 05:36:26 UTC 2026

काठमाडौँ ।

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने सङ्केत देखिएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) र अमेरिकी राष्ट्रिय समुन्द्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का पछिल्ला पूर्वानुमानले एल निनो आगामी वर्षको सुरुसम्म शक्तिशाली अवस्थामा रहने सम्भावना देखाएका छन् । यसको प्रभावले विश्वव्यापी औसत तापक्रम थप बढ्न सक्ने र विभिन्न क्षेत्रमा खडेरी, वन डढेलो, अत्यधिक वर्षा, बाढी तथा खाद्य असुरक्षाको जोखिम फरक–फरक रूपमा देखिन सक्ने वैज्ञानिकहरूको आकलन छ । तर एल निनोको प्रभाव सबै देश क्षेत्रमा एउटै हुँदैन । कुनै क्षेत्रमा वर्षा घट्ने र तापक्रम बढ्ने सम्भावना रहन्छ भने अर्को क्षेत्रमा औसतभन्दा बढी वर्षा र बाढीको जोखिम बढ्न सक्छ । त्यसैले यसलाई विश्वव्यापी खडेरीको पर्यायका रूपमा बुझ्नुभन्दा समुन्द्री सतहको तापक्रम र वायुमण्डलीय परिसञ्चरणमा आउने परिवर्तनले क्षेत्रीय मौसम प्रणालीमा पार्ने प्रभावका रूपमा बुझ्न आवश्यक छ । जलवायु परिवर्तनले भने यस्ता मौसमी उतारचढावलाई अझ तातो र कतिपय अवस्थामा बढी विनाशकारी बनाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)